माथिल्लो कर्णाली नेपालीले बनाउन पाउनु पर्ने जनमोर्चाको माग

३१ बैशाख २०७०, मंगलवार १७:४४ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई नेपाली लगानीकर्ताले नै निर्माण गर्नुपर्ने भन्दै  राष्ट्रिय जनमोर्चाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ ।  जनमोर्चाले बुझाएको ज्ञापनपत्रमा सो आयोजनामा जम्मा दुई हजार दुई सय मिटर मात्रै सुरुङ खन्नुपर्ने, बाँध स्थलको प्राकृतिक भूबनोटसमेत अनुकूल रहेको उत्पादित बिजुली प्रतियुनिट रु. दुईभन्दा कम लागतमा उत्पादन हुने देखिएको भन्दै सो आयोजनालाई विदेशीले भन्दा पनि नेपालीले नै निर्माण गर्नुपर्नेमा जोड दिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।
नेपाल सरकार जलस्रोत मन्त्रालय र भारतको जिएमआर कम्पनीका बीच २४ जनवरी सन् २००८ मा सम्झौता भई सो आयोजना अगाडि बढाइएको थियो । सरकारले भारतीय प्रवद्र्धक जिएमआरलाई पहिलोपटक जम्मा तीन सय मेगावाटको सर्वेक्षण अनुमति दिएको थियो भने पछि सो आयोजनाको क्षमता नौ सय मेगावाट बनाइएको थियो । आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनमा राखेर लगानी बोर्डमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी