द्वन्द्वपीडित सेना र प्रहरीद्वारा दलघोषणा, देशैभर चुनाव लड्ने

३१ बैशाख २०७०, मंगलवार १६:४१ मा प्रकाशित

काठमाडौं, वैशाख ३१ । सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरीले नेपाल राष्ट्र सेवा दल घोषणा गरी संविधानसभा निर्वाचनमा सहभागी हुने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा दल घोषणा गर्दै प्रत्यक्ष र समानुपातिकतर्फ देशभर उम्मेदवारी दिने संयोजक सूर्यबहादुर घिमिरेले बताए ।
आफूहरुले पाँचवर्षभन्दा लामो समययता द्वन्द्वपीडित सेना र प्रहरीको अधिकार सुनिश्चित गर्न माग गर्दै आए पनि बेवास्ता भएपछि संविधानसभामा प्रतिनिधित्वबाटै माग पूरा गर्ने घिमिरेको भनाई थियो । ‘संविधानसभा र संसदमा हाम्रो प्रतिनिधित्वविना माग सम्बोधन हुने देखिएन,’ घिमिरेले भने,‘हामी चुनावी लडाईंबाटै विजय हासिल गर्छौ ।’ आफूहरुले उल्लेख्य मत हासिल गर्ने दाबी समेत गरे । द्वन्द्वपीडित सेना र प्रहरीभित्र हतियार उठाएर दबाब दिने मागसमेत उठेको प्रसंग उठाउँदै उहाँले शान्तिपूर्ण मार्गबाटै माग सम्बोधनको बाटो लिएको स्पष्ट पारे ।
राष्ट्र सेवादलले निर्वाचन आयोगमा दल दर्ता गर्ने जानकारी समेत पत्रकार सम्मेलनमा दिइएको छ । दलको ६४ जिल्लासम्म संरचना रहेको उहाँको भनाई थियो । देशभर संगठन विस्तार गरी चुनावी तयारीमा सक्रिय भइसकेको बताउँदै कात्तिक वा मंसिरको पहिलो साताभित्रै चुनाव हुनुपर्ने बताए । चुनाव ढिलाई गरे आफूहरु सशक्त आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिए । पत्रकार सम्मेलनमा द्वन्द्वपीडित सेना र प्रहरीको संख्या ४६ हजार चार सय ९० रहेको तथ्यांक समेत प्रस्तुत गरियो ।
पत्रकार सम्मेलनमा दलका सल्लाहकार प्रेमबहादुर बिष्टले आफूहरु चुनावको सम्पूर्ण तयारी गरेर प्रस्तुत भएको बताए । कार्यक्रमको सभापतित्व ललित गुरुङले गरेका थिए । कार्यक्रममा द्वन्द्वपीडित सेना र प्रहरीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम शुरु हुनुअघि प्रहरीको एक जत्था रिपोर्टर्स क्लब नेपालमा प्रवेश गर्दा तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर