शान्ति र सुरक्षाका लागि संचारमाध्यमको ठूलो हात : प्रजिअ पन्थी

३१ बैशाख २०७०, मंगलवार १६:३१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ वैशाख । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ । प्रकाशन समाज रुपन्देहीले बुटवलमा गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।
रुपन्देहीको शान्ति र सुरक्षा कायम गर्ने कुरामा म सधैं प्रतिबद्ध रहने छु’, उहाँले भन्नुभयो– ‘निष्पक्ष र यथार्थको बाटो कुनै पनि हालतमा छाड्नेछैन ।’ उहाँले आग्रह र पूर्वाग्रहको आधारमा कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गर्नुभएको थियो । रुपन्देही जिल्ला हरेक कुराबाट संवेदनशील रहेको भन्दै उहाँले यहाँ हुने कुनै पनि घटनाका अपराधीलाई कानुनको दायरामा ल्याएरै छाड्ने दावीसमेत गर्नुभयो । त्यस्तै शान्ति र सुरक्षाका लागि संचार माध्यमको ठूलो हात रहने भएकाले संचार माध्यमले चाहेका सूचना तत्कालै पाउने वातारवरण समेत मिलाइदिने बताउनुभयो । ‘मिडियाले जे भनेका छन् त्यो मैले मान्नुपर्छ भन्ने छैन, मैले जे भनेको छु त्यो समाचारमा लेखिनुपर्छ भन्ने हैन’, प्रजिअ पन्थीले भन्नुभयो– ‘जे भए पनि समाचार निष्पक्ष हुन जरुरी छ ।’ सो अवसरमा पत्रकारहरुको सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने कुरामा समेत उहा“ले जोड दिनुभएको थियो । ‘एक पत्रकारको सुरक्षा गर्ने हो भने एक लाख जनताको सुरक्षा हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु’, उहाँले भन्नुभयो– ‘मिडियाको र मिडियामा कार्यरत पत्रकारहरुको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले विशेष ख्याल गर्ने छ ।’ त्यस्तै पत्रकारहरुले चाहेको र खोजेको सूचना कुनै पनि कार्यालयले नदिए आफूलाई तत्कालै जानकारी दिन समेत आग्रह गर्नुभएको छ ।  कार्यक्रममा  पत्रकार बालकृष्ण चापागाई, दिपक ज्ञावली  लगायतले स्थानियले  बिज्ञापन पाउन नसकेको गुनासो समेत  गरेका थिए  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्