पत्रकार यादव पौडेलको हत्याको विरोधमा झापामा विरोध र्याली

२३ चैत्र २०६८, बिहीबार १०:२७ मा प्रकाशित

झापा, २३ चैत । झापामा पत्रकार यादव पौडेलको हत्याको विरोधमा आज ¥याली निकालिने भएको छ ।  झापाको बिर्तामोडको मुक्तिचोकबाट ¥याली निकालिने भएको हो । केही बेरमा सुरु हुने ¥यालीमा नेपाल पत्रकार महासंघ, पत्रकार महासंघ जिल्ला शाखाका प्रतिनिधिसहित जिल्लाभरका पत्रकारहरु सहभागी हुने भएका छन् । पौडेल हत्यारालाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने लगायतका मागसहित विरोध ¥यालीको आयोजना गरिएको हो ।  ¥यालीपछि हुने कोणसभाको आयोजना गरिने भएको छ ।  पत्रकार पौडेलको हत्यारा बारेमा छानविन गर्न नेपाल पत्रकार महासंघले अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा सात सदस्यिय छानविन समिति गठन गरेको छ भने घटनाका बारेमा छानविन गर्न नेपाल प्रेस युनियले पनि समिति गठन गरिसकेको छ । समितिका सदस्यहरु हिजो नै झापा पुगिसकेका छन् ।  झापाको बिर्तामोडमा रहेको नयाँ बसपार्कमा अज्ञात् समूहले हिजो यादव पौडेलको हत्या गरेको हो । पौडेल एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा संवाददाता तथा झापाको न्यू मेचीटाइम्स दैनिकका कार्यकारी सम्पादक पदमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ