जनसम्पर्क समिति इटालीको साधारण सभा सम्पन्न

३१ बैशाख २०७०, मंगलवार ०२:१५ मा प्रकाशित

दौलत साँवा, रोम इटालि । जनसंपर्क समिती इटालिको प्रथम् बार्षिक् साधारणसभा भब्यताका साथ् सम्पन्न भएको छ । यसता कार्यक्रमहरु गर्दा अलिक् फरक शैली प्रस्तुतगर्दै आएका जनसम्पर्क समिति इटालीले, यस पाली पनि सभा, रोचक र मनोरन्जनात्मक होस् भन्ने उद्देश्यले बनभोज कार्यक्रमलाई पनि साथ्-साथै राखेको थियो । दुई शत्रमा बिभाजन गरिएको उक्त कार्यक्रममा पहिलो शत्रमा सभा र दोश्रो शत्रमा मोनोरन्जन् रखिएको थियो । देशमा राष्ट्रिय स्तरका नेताहरुको कार्यशैली प्रति जनताको नकरात्मक धारणाहरु बढ्दै गएकोले बिदेशमा पनि यसको छाप् पर्न नदिन र लोकतान्त्रिक मान्यताका बिचारहरु बिचलन् हुन नदिन यस्तो किसिमको कार्याक्रम् गरेको जनसम्पर्क समिति इटालिले जनएको छ।

सभापतिको आसन ग्रहणबाट शुरु भएको उक्त कार्यक्रममा सल्लाहाकारद्वय श्री श्रीक्रिष्ण सुबेदी र श्री रामजिवि पन्तले मन्तब्य राख्नु भएहेको थियो । आफ्नो मन्तब्यमा ग्रीक् मिथोलोजिको इटालियन अनुकरण रहेको र यसलाई साश्वत् उदाहरणको रुपमा लिनु सकिने भन्दै जसले आफ्नो इतिहास भुल्छ, त्यसले अगाडि बढ्न सक्दैन र नेपाली कांग्रेस भनेको मुलुकमा जति-जति बेला राजनितिक समस्या आए, त्यति-त्यति मुलुकलाई नेत्रित्व र निकास दिएकोले अहिले पनि नेपाली कांग्रेसको नेत्रित्व देशमा आवश्यक्ता भएको र यसको लागि जनसम्पर्क समिति इटाली, बिदेश स्थित नेपालि कांग्रेस भएकोले; आफन्त मित्रजनहरुलाई आगामी सम्बिधान सभाको निर्वाचनम नेपाली कांग्रेसलाई नेत्रित्वमा पुर्याउन आवहान गर्नुभयो । साथै विपि कोइरालाले नेपालको सामाजिक अवस्था थाहा भएर नै त्यति बेलाको मन्त्रिमन्डलमा जनजाति, दलित सम्पूर्णलाई समेटेको ब्यक्त गर्दै आजको शिर्ष केही पार्टीहरु जनजाति एवम् दलितको कुरा गर्नु भनेको सपना देखाउने र बास्तविकतामा त्यसो नगर्ने हुन् भनेर मुल्याङ्कन् गर्न अनुरोध् गर्नु भयो । अर्का सल्लाहाकार रामजिवी पन्तले जनसम्पर्क समिति इटाली, राजनितिक सङ्स्था भएपनि यसले, इटालीमा भएका सबै किसिमका सामाजिक कार्यहरुमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग रहि रहने वचन ब्यक्त गर्नु भयो । जनसमपर्क समिति इटालीले जहिले पनि फरक बिचारका साथिहरुसङ्ग समन्वय, सहमति अनि सम्वादको माध्यमबाट आफ्नो भूमिका तय गर्दै आएको र यही सम्बन्ध रहिरहने जनाउनु भयो । कोषाध्यक्ष श्री बोधराज पङ्गेनीले युरो ३४९८को आर्थिक आय ब्यय प्रश्तुत् गर्नुका साथै जनसम्पर्क समितिको आर्थिक् पक्ष पारदर्शी भएको र केही रकम कोषमा बचत् रहेकोमा थप् रकम् जुटाई नेपालीहरुको सहयोगमा खर्च हुने जनाउनु भयो ।

महामन्त्री श्री दौलत साम्बाले राजनितिक प्रतिबेदन पेश गर्नुका साथै सङ्स्था ब्यक्तिको नभएर साझा भएको अनि सम्पुर्ण लोकतान्त्रिक प्रणालीमा बिश्वास गर्नुहुने साथीहरुले सङ्स्थालाई सल्लाह सुझाव दिने हक रहेकोले, आफ्नो हक प्रयोग गरिदिन आग्रह गर्नु भयो। कार्याक्रमको समापन क्रममा, अध्यक्ष श्री रमेश राज लामिछानेले उपस्थित समुदाय एवम् कार्यक्रमको आयोजनामा सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यबाद दिदै जनसम्पर्क समिति इटालीले सामाजिक कार्य र भाइचारामा नै जोड दिने कुरा ब्याबहारले देखाएको र यो शिलशिला जारी रहनेकुरा जनाउनु भयो।कार्यक्रममा नेपाली समाज रोमका अध्यक्ष श्री देव राज् गुरुङ्ग्को समेत् उपस्थिति थियो । उक्त कार्याक्रमको सन्चालन महामन्त्री श्री दौलत साम्बाले गर्नु भएको थियो भने अध्यक्षता श्री रमेश् राज् लामिछानेले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत