कांग्रेस सभापति र अमेरिकी राजदूतबीच भेटवार्ता

३० बैशाख २०७०, सोमबार १८:४० मा प्रकाशित

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा सोमबार भउको भेटमा राजदूत बोडेले नेपालमा स्वतन्त्र, निष्पक्ष, धाँधलिरहित निर्वाचन सम्पन्न गराउन अमेरिकाले नेपाललाई सक्दो सहयोग पु¥याउने आश्वासन पनि दिनुभएको बुझिएको छ ।
भेटका क्रममा सभापति कोइरालाले निर्वाचनका लागि आवश्यक पर्ने ऐन तथा नियम परिमार्जन एवम् निर्वाचन मिति तयका विषयमा दलहरुबीच छलफल भइराखेको जानकारी दिँदै यस विषयमा छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गर्नुभएको थियो । कांग्रेस सुत्रका अनुसार कोइरालाले वर्तमान सरकार गठनप्रति केही दलले असन्तुष्टि प्रकट गरेकाले ती दलको माग सम्बोधन गर्न वार्ता भइराखेको बताउँदै त्यसैले गर्दा निर्वाचनको मिति घोषणा गर्न केही ढिला भएको हो जानकारी राजदूतलाई गराउनुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका सभापति कोइरालाले सरकार गठनप्रति असन्तुष्टि पोख्दै आएका दलहरुसँग छिट्टै सहमति गरी निर्वाचनमा जाने पनि बताउनुभएको थियो ।
सो अवसरमा राजदूत बोडेले निर्वाचनमार्फत नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत होस् भन्ने अपेक्षा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा