मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

२३ चैत्र २०६८, बिहीबार १०:२६ मा प्रकाशित

मकवानपुर, २३ चैत । मकवानपुरको गढीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गएराति आफ्नै घरमा सुतिरहेको समयमा  चट्याङ लागेर ३० वर्षका  घनश्याम न्यौपानेको मृत्यु भएको हो ।  स्थानिय देवकी घिमिरे भने घाइते हुनु भएको छ । देवकीको भरतपुर अस्पताल उपचार भइरहेको छ । यसैबीच मकवानपुरको सिस्नेरी र कुलेखानीमा हिजो राति परेको चट्याङबाट तीन जना घाईते भएका छन्  ।  राती साढे ९ बजे परेको चट्याङबाट सिस्नेरी गाविस –९ ज्यामिरेका १४ वर्षका लक्ष्मण वाईवा, कुलेखानी–५ का ४५ वर्षीया ठुलीमाया वाईवा र उहाँका छोरा वर्ष ३१ का शकराम वाईवा घाईते हुनु भएको हो । चट्याङले कुलेखानीकै मनबहादुर लामाको दुईवटा गोरु मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ