सरकार जेठ १५ भित्र निर्वाचननको मिति तोक्ने तयारीमा

३० बैशाख २०७०, सोमबार १८:०३ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । गृहमन्त्री माधव घिमिरेले वर्तमान सरकार धाँधलीरहित, निष्पक्ष, स्वतन्त्र एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागीपरेको बताएका छन् । चुनाव हुनेमा शंका नगर्न आग्रह गर्दै गृहमन्त्री घिमिरेले जेठ १५ गतेभित्र सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए । सुनसरीको वराहक्षेत्रमा हुने धार्मिक कार्यक्रमको उद्‍घाटन कार्यक्रमका सहभागी हुन जाँदा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनका लागि सरकार अगाडि बढिसकेकाले अब जसरी भए पनि निर्वाचन गरी छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे।
आगामी निर्वाचनमा असन्तुष्ट दलहरुले पनि भाग लिने विश्वास व्यक्त गर्दै गृहमन्त्री घिमिरेले उनीहरुसँग वार्ता जारी रहेको जानकारी दिए । उनले सरकारले निर्वाचन गर्न चाहिने सम्पूर्ण तयारीअन्तर्गत निर्वाचन ऐन अध्यादेश चाँडै जारी गर्न लागेको बताउँदै राजनीतिक दलहरुको सल्लाह र सुझावअनुसार सरकार अगाडि बढिरहेको प्रष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार