गुल्मीलाई प्लाष्टिकमुक्त जिल्ला बनाइने

३० बैशाख २०७०, सोमबार १७:३९ मा प्रकाशित

गुल्मी, ३० वैशाख । कालो प्लाष्टिकमुक्त जिल्ला गुल्मीलाई अव प्लाष्टिकमुक्त बनाउने अभियान शुरु भएको छ । गुल्मी उद्योग बाणिज्य संघको पहलमा प्लाष्टिकमुक्त जिल्ला बनाउने अभ्यास थालिएको हो । अभियानलाई सफल पार्नको लागि बाणिज्य संघले अब फाइवर झोला प्रयोग गर्न सबै उपभोक्ताई व्यबस्था गर्ने भएको छ ।
प्लाष्टिकमुक्त जिल्ला बनाउने अभियान सफल पार्न वाणिज्य संघले फाईबर झोला उत्पादन गर्ने भएको छ । जिल्लामै फाईबर झोला उत्पादन गरी सर्वसाधारणलाई त्यसको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा शुरु भएको उद्योग बाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेलले बताए ।
अहिले महिलाहरुलाई एकमहिने फाइवर झोलाको बुनाई तालिम शुरु गरिएको र तालम पछि उद्योग स्थापना गरेर जिल्लामै फाईबर झोलाको आपूर्ति गरिने उनले बताए । घरेलु तथा साना उद्योग विकास कार्यालय, उद्योग बाणिज्य संघ गुल्मी र जिल्ला बिकास समिति गुल्मीको आयोजना तथा आथिर्क सहयोगमा १२ जना बेरोजगार महिलाको लागी झोला बुनाई तालिम प्रदान गरिएको हो ।
तालीम संचालनको लागि कल्याणकारी महिला समुहबाट १२ जना महिलाहरु छनौट भएका छन् । तालिमको लागी जिल्ला बिकास समितिले ५० हजार, घरेलु तथा साना उद्योग कार्यालयले ८० हजार, उद्योग बाण्ँिज्य संघले ४० हजार, जनकल्याणकारी महिला समुहले २० हजार र नेपाल उद्योग बाण्ँिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भारष्करराज राजकर्णिकारले ५० हजार १ रुपैयाँ उपलब्ध गराउने घरेलु तथा साना उद्योग कार्यालयका कृष्णप्रसाद पोखरेलले बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो