अवैध रुपले नेपालको नागरिकता लिन खोज्ने भारतीयहरु पक्राउ

३० बैशाख २०७०, सोमबार १६:०८ मा प्रकाशित

रासस, कलैया, ३० वैशाख । बारा जिल्लाको कवहीगोठ र सिम्रोनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा किर्ते विवरण पेस नेपाली नागरिकता बनाउन खोजेका  दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार कवहीगोठमा सञ्चालित घुम्ती सेवा शिविरमा हर्दिया–६ बस्ने इमरित यादवले २१ वर्षीय भारतीय नागरिक भुकी नारायण यादवलाई छोरा बनाइ नेपाली नगरिकता दिलाउन खोजेको थियो ।
यसैगरी सिम्रोनगढ घुम्ती सेवा शिविरमा बारा हरिपुर–४ बस्ने हृदयनारायण साह कानुले भारतीय नागरिक मनोजकुमार साहलाई छोरा बनाइ नेपाली नागरिकता बनाउन लागेको थियो ।
दुवै माथिको अनुसन्धान जारी राख्न जिल्ला अदालतले हिरासतको अवधि बढाइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच