काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

२३ चैत्र २०६८, बिहीबार १०:२५ मा प्रकाशित

काठमाडौ, २३ चैत । राजधानी काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय व्यापारमेला सुरु भएको छ ।  नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताका लागि साझा फोरम उपलब्ध गराउने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापारमेला आयोजना गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । मेलाको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नु भएको छ । मेलामा नेपाल, भारत, चीन, कोरिया, पाकिस्तान, बङ्गलादेश तथा भुटानबाट उत्पादित सामानहरु बिक्रीको लागि राखिएको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले जानकारी दिनुभयो । मेलामा ३ सय ८० वटा स्टलमा ३ सय ५० कम्पनीका उत्पादित तयारी सामग्री रहने छन् । जसमा चीनका ३० वटा स्टलमा हर्वल, कृषि सामग्री, उर्जा विकास तथा निर्माण सामग्री, कोरिया हाइड्रोेपावर, भारतको ६ वटा, पाकिस्तान, बङ्गलादेशको सात–सात वटा स्टल रहने आयोजकले जनाएको छ ।    दक्षिण एसियाकै मुख्य अन्तर्राष्ट्रिय व्यापारको रुपमा रहेको मेलामा नेपाली कृषिजन्य, हस्तकला, जडिबुटी, गलँैचा लगायतका सामग्रीहरु पनि राखिने छ । मेलामा नेपालमा लगानी गर्न इच्छुक विदेशीका लागि सहयोग पुगोस् भनी विभिन्न कम्पनी–कम्पनीबीच छलफलको आयोजना गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड