सदभावना पार्टीको २४ जिल्लामा आमरण अनशन सुरु

३० बैशाख २०७०, सोमबार १६:०० मा प्रकाशित

काठमाडौं, ३० वैशाख । सद्भावना पार्टीले मधेशका २२ जिल्लाहरुमा निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे माग राख्दै आमरण अनशन शुरु गरेको छ । सदभावनाले सुरु गरेको आमरण अनसनमा अहिलेसम्म १६ जना केन्द्रिय सदस्यसहित अन्य कयौँ नेता तथा कार्यकर्ता आमरण अनसनमा बसेका सो पार्टीले जनाएको छ ।
निर्वाचनको मिति घोषणा, समावेशी अध्यादेश, नागरिकता वितरणलगायतका विभिन्न १० बुँदे माग राख्दै सदभावना पार्टीका नेता कार्यकर्ताले मधेशका २२ वटै जिल्ला र पहाडका कास्की र तनहुँमा समेत सोमबारदेखि आमरण अनशनमा बसेका छन् ।
सद्भावनाले शुरु गरेको अनसनमा बारा जिल्लामा पार्टीका माहसचिव सरोजकुमार यादव, केन्द्रिय सदस्य प्रकाश चौगाई, सप्तरीमा केन्द्रिय सदस्य अनीस अन्सारी, जसमुल खाँ अनसनमा बसेका छन् । त्यसैगरी धनुषामा पार्टीका केन्द्रिय सदस्य निभा साह, राजिव झा र लालकिशोर साह असनसमा बसेका छन् । महोत्तरीमा  केन्द्रिय सदस्य रमण पाण्डेसहित अन्य नेता असनसनमा बसेका छन् । त्यसैगरी सर्लाहीमा केन्द्रिय सदस्य रामआशिष गुप्ता, राजाराम पासमान, उपेन्द्र महतो, रौतहटमा केन्द्रिय सदस्य एवम् युवा विभाग प्रमुख योगेन्द्र राय यादव पर्सामा केन्द्रिय सदस्य महोहनलाल चौधरी चितवनमा अर्जुन उप्रेती र इन्दु सुवेदी,  नवलपरासीमा केन्द्रिय सदस्य सतराजीत यादव अनसनमा बसेका छन् ।
यसअघि सुनसरीमा इनरुवामा ११ दिनदेखि अनशनमा बसेका पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहतालगायतको स्वास्थ्यस्थिति विग्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई धरान अस्पतालमा भर्ना गराएको थियो । त्यसलगत्तै आन्दोलन शुरु गरेको सद्भावनाले ३० वैशाखदेखि आमरण अनशन शुरु गरेको हो । आफ्ना मागहरु पूरा नहुञ्जेल अनशन जारी रहने सदभावना पार्टीका महासचिव मनिसकुमार सुमनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा