‘असामाजिक तत्व’को उक्साहट भन्दै ‘भिक्षु-आत्मदाह’को अनादर

३० बैशाख २०७०, सोमबार ०८:२३ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । नेपाललगायत अन्य मुलुकका विभिन्न स्थानमा भएका भिक्षु आत्मदाहका घटनाहरूलाई तिब्बत पिपुल्स कांग्रेसले ‘असामाजिक तत्व’को उक्साहटमा भएका घटना भन्दै उपेक्षा र अनादर गर्न खोजेको पाइएको छ । केही दिनअघि भारत र नेपालबाट तिब्बत भ्रमणमा गएका सञ्चारकर्मीहरुसंग तिब्बत पिपुल्स कांग्रेसका सदस्यहरूले यस्तो अभिव्यक्ति दिएको भ्रमणमा सहभागी एक सञ्चाकरकर्मीले खुलासा गरेका हुन् ।
उनकाअनुसार पिपुल्स कंग्रेसअन्तर्गत तिब्बत युवा लिगका महासचिव चेङ सिक्युले यस्ता घटनाको पछाडि तीन कारण रहेको उल्लेख गर्दै तिब्बती समाज मन नपराउनेहरुको उक्साहटमा परेका, एक्लो जीवन जिउने व्यक्ति, अपांग, अशक्त र सुविधा नपाएका मान्छेले यस्तो गरिरहेको दाबी गरेका थिए । चेङले यदि तिब्बती जनता बिरोध र आत्मदाहको पक्षमा रहेका भए तिब्बतमा यस्ता घटना नभई किन अन्यत्र मात्र घटेका छन् ? भन्ने प्रश्न सञ्चारकर्मीहरुमाझ राखेको स्रोतको कथन छ । कुराकानीका क्रममा उनले ‘मानवीय जीवनलाई सधैं उच्च् सम्मान गर्ने’ तिब्बती कंग्रेस सदस्यहरूको नीति रहेको दाबी समेत गरेका थिए । सिक्युले तिब्बतमा १७ सय गुम्बा र ४६ हजारको संख्यामा भिक्षुहरू रहेको उल्लेख गर्दै आफूहरूको ध्यान यी गुम्बाहरूलाई व्यवस्थित गर्ने र भिक्षुहरूको पठनपाठनमा केन्द्रित रहेको बताए र पछिल्लो समयमा एक सय पच्चीस मन्दिर र गुम्बाको जिर्णोद्धार गरिएको दाबी पनि गरे ।
स्मरण रहोस्, स्वतन्त्र तिब्बतको पक्षमा आवाज उठाउनेहरूको गतिविधि मत्थर तुल्याउने उद्देश्यले चीन सरकारले ल्हासा र यसका आसपास क्षेत्रमा अर्बौं रुपैयां खर्च गरिरहेको छ । तिब्बत बुद्धिष्ट एकेडमी र तिब्बत विश्वविद्यालयलाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिने विज्ञहरूको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल