दोहामा जेल परेका शिक्षक गुरुङ रिहा

३० बैशाख २०७०, सोमबार ०८:२० मा प्रकाशित

काठमाडौं, ३० वैशाख । इस्लाम धर्मको अपमान गरेको अभियोगमा कतारमा बन्दी तुल्याइएका नेपाली शिक्षक दोर्जे गुरुङलाई रिहा गरिएको बताइएको छ । दोहान्युजले जनाएअनुसार गुरुङका साथी, सहकर्मी र विद्यार्थीहरुसहितले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान चलाएपछि उनको रिहाई सम्भव भएको हो । आफ्नै विद्यार्थीदरा धार्मिक अनादरको अभियोग लगाइएपछि गुरुङलाई जेल हालिएको थियो । उनी ुकतार एकेडेमी स्कुलुमा रसायनशास्त्रका शिक्षकका रुपमा दुई वर्षदेखि कार्यरत छन् ।
विद्यार्थीहरुले उनलाई ज्याकी च्यान जस्तो देखिने भनी जिस्काउने गरेको र यसै क्रममा विद्यार्थीसँग सामान्य विवाद भएको, २३ अप्रिलमा खाना खान लाग्दा एक जना विद्यार्थीले कुममा हात राखेर नाकमा औंलाले घोचिदिएपछि दोर्जेले हप्काएका र त्यसपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी गरी पक्राउन लगाएको त्यहाँको मिडियाले जनाएको थियो। उजुरीपछि विद्यालय प्रशासनले निश्कासन गरेका उनी स्वदेश फर्कने तयारी गर्दैगर्दा पक्राउ परेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २०