राष्ट्रपतिका एक सल्लाहकारद्वारा राजीनामा

३० बैशाख २०७०, सोमबार ०८:१८ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्न राष्ट्रपति रामवरण यादवले स्वीकृति दिएकोप्रति असन्तुष्टि जनाउँदै उनका राजनीतिक सल्लाहकार हरि शर्माले पदबाट राजीनामा दिएका छन् । राजीनामा बुझाए लगत्तै मुलुकबाहिर लागेका शर्मा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदाका राजनीतिक सल्लाहकार थिए ।
राष्ट्रपति यादव शुरुमा कार्कीको सिफारिशको विपक्षमा रहेको तर अस्वाभाविक र असहज तवरमा एकाएक सिफारिश अनुमोदन गर्न पुगेपछि आफू असन्तुष्ट बनेको शर्माले बताएको उनीनिकट स्रोतले जनायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर