रुपन्देही ट्रेड युनियन कांग्रेसमा पुनः श्रेष्ठ

२९ बैशाख २०७०, आईतवार १८:३० मा प्रकाशित

रुपन्देही, २९ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको पाँचौँ अधिवेसनले काजीमान श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कृष्णप्रसाद वेलवासेसंग भएको प्रतिस्पर्धामा १ सय ११ मतको अन्तरले श्रेष्ठ निर्वाचित भएका हुन् । 
कुल ५ सय ८ मतदाता मध्ये ४ सय ३३ मत खसेकोमा श्रेष्ठलाई २ सय ५३ र उनका प्रतिस्पर्धि वेलवासेलाई १ सय ४२ मत परेको थियो । आगामी चार वर्षे कार्यकालका लागि उपाध्यक्षहरुमा महिलाबाट ललिता अधिकारी सेवा क्षेत्रबाट रामचन्द्र उपाध्याय गरि निर्वाचित भएका छन् । खुल्ला तर्फको उपाध्यक्ष पदमा भने ओमप्रकाश चौधरी निर्बिरोध भएका थिए ।
त्यस्तै सचिव पदमा सञ्जिवकुमार राय र कोषाध्यक्षमा सूर्यदेव दासले प्राप्त गरी विजयी भएका छन भने सहसचिवमा पदमप्रसाद पाण्डे तथा सदस्यहरुमा महिलाबाट लक्ष्मीदेवी वञ्जाडे, निरु थापा र राधिका पन्त तथा खुल्लाबाट खेमराज पाण्डे, सूर्यप्रसाद सुवेदी, देवप्रसाद खनाल, मोहमद एयुव अलि खान, गाणेश जिसी, पशुपति गौतम निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडौं । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ ।आरटी पीसीआर परीक्षण गराउँदो