प्रचण्ड भन्छन्- ‘कोही नभेटिएपछि रेग्मी र कार्कीलाई ल्याइयो’!

२९ बैशाख २०७०, आईतवार १८:२४ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । एमाओवादी अध्यक्ष प्रचण्डले चुनावी सरकारको नेतृत्व गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको जिम्मेवारी दिन कसैका नाममा सहमति नजुरेको र खोज्दै जाँदा खिलराज रेग्मी र लोकमान सिंह भेटिएको अभिव्यक्ति दिएका छन् । दुई दिनदेखि पोखरामा रहेका प्रचण्डले स्थानीय सञ्चारकर्मीहरुसँगको सम्वादका क्रममा अहिलेको मुख्य एजेण्डा संविधानसभाको चुनाव भएकोले कार्की नियुक्तिको बिरोध जस्ता झिना मसिना कुरामा नअल्झन आग्रह गरका छन् । 
पोखराबाट प्राप्त समाचारअनुसार चार दलको उच्चस्तरीय संयन्त्रले सिफारिसमा अख्तियारमा प्रमुख बनेका कार्कीलाई दलहरुले नै हटाउँछु भन्नु राजनीतिक रुपमा अनैतिक हुने तर्क गरे । दलले सिफारिस गरेको कुरालाई लिएर आनाकानी गर्न नहुने उल्लेख गर्दै प्रचण्डले हटाउनै परे संविधानसभाको चुनावपछि संसदले महाअभियोग लगाएर हटाउन सक्ने बताए । यतिबेला चार दल जसरी पनि मंसिरको पहिलो हप्ताभित्र संविधानसभाको चुनाव गराउने तयारीमा जुटेको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।