सडक बन्द गर्न खोज्ने सदभावनाका आठ कार्यकर्ता पक्राउ

२९ बैशाख २०७०, आईतवार १८:०४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ वैशाख । चक्काजाम गर्न खोज्ने सद्भावना पार्टीका आठ कार्यकर्तालाई प्रहरीले कपिलवस्तुको विभिन्न ठाउँबाट प्रक्राउ गरेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग र कृष्णनगर चन्द्रौटा रोडअन्तर्गत सडक अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टी राजेन्द्र महतो पक्षधरका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राविदत्त मिश्रा राजगुरु, भगीरथी चौधरी, राजेन्द्र प्रताप चौधरी, दिपक गुप्ता, शिवभक्त ठाकुर, कल्लु पाण्डे, राधेश्याम पासी र रामेश श्रीवस्ताव रहेका छन् ।

सद्भावना पार्टीले आइतबार गरेको मधेश बन्दका कारण कपिलवस्तुको चन्द्रौटा, कृष्णनगर बहादुरगन्ज र सदरमुकाम तौलिहवामा बन्दको प्रभाव परेको छ । कृष्णनगरदेखि चन्द्रौटासम्म चल्ने लामो तथा छोटो दुरीका गाडीहरु बिहानैदेखि सद्भावना पार्टीका कार्यकर्ताले चल्न दिएका थिएनन् । सद्भावना पार्टीले विभिन्न १० बुँदे माग राखी आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री