आदिवासी जनजातिले हदैसम्मको राज्य बिद्रोह गर्ने

२९ बैशाख २०७०, आईतवार १६:४१ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले अधिकार प्राप्तिका निम्ति हदैसम्मको राज्य विद्रोह गर्ने अभिव्यक्ति दिएका छन् ।  ‘संविधानसभाबाट नै पहिचानसहितको संघीय संविधान जारी गर्ने नेपाल आदिवासी जनजाति महासंघको भावी रणनीतिहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै शेर्पाले चितवनको सौरहामा जारी नेपाल आदिवासी जनजाति महासङ्घको आठौं महाधिवेशनको बन्दसत्रमा शेर्पाले आदिवासी जनजातिको अधिकार सुनिश्चित नभएको संविधान जारी भए त्यसको विरोधमा अन्तर्राष्ट्रिय न्यायलयमा मुद्दा दर्ता गर्ने उल्लेख गरे ।
सोही अवसरमा महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले आदिवासी जनजातिको पहिचानको आधारमा सन्चालित आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने उदघोष गरे । अध्यक्ष थारुले आदिवासी जनजातिहरूले कुनै पनि जाति, धर्म, संस्कृतिविरुद्ध आन्दोलन गरेको नभई एकात्मक सामन्तवादी चिन्तन बोक्ने दल र निकायको विरुद्धमा आन्दोलन गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस