थ्रेस होल्डको व्यवस्थासहितको अध्यादेश आउने, जेठको पहिलो साता चुनावको मिति तोकिने चलन संसारभर रहेको दाबी

२९ बैशाख २०७०, आईतवार १६:३९ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । सरकारले दलहरुबीच सहमति नभए पनि विगतको नजिरका आधारमा निर्वाचन व्यवस्था सम्बन्धि थ्रेस होल्डसहितको अध्यादेश राष्ट्रपति समक्ष पठाउने पठाउने भएको छ । अब सहमति निर्माणका लागि भन्दै धेरै समय कुरिरहन नसक्ने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री माधव पौडेलले बताए ।
आइतबार राजधानीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री पौडेलले थ्रेसहोल्डको चलन विश्वभर रहेको उल्लेख गर्दै न्यूनतम एक प्रतिशत मत ल्याउनेको संविधानसभामा प्रतिनिधित्वसहितको व्यवस्था लोकतान्त्रिक रहने जिकीर गरे । अध्यादेश अन्तिम टुंगोमा पुग्न लागेको र ऐन बनेपछि आगामी जेठको पहिलो हप्तासम्ममा चुनावको मिति घोषणा हुने जानकारी पनि पौडेलले दिए । मंसिरको पहिलो साताभित्रै चुनाव सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा