कार्यव्यवस्था परामर्श समितिले शीर्ष नेताहरुसँग छलफल गर्ने

२३ चैत्र २०६८, बिहीबार १०:२२ मा प्रकाशित

काठमाडौ, २३ चैत । संविधानसभा मातहतको कार्यव्यबस्था परामर्श समितिले संविधान लेखनमा भइरहेको प्रगति र सहमतिका लागि आवश्यक पर्ने समयवारे प्रमुख दलका शीर्ष नेताहरुसंग आज छलफल गर्दैछ । कार्यव्यबस्था परामर्श समितिको हिजोको बेठकले गरेको निर्णय अनुसार एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चामा आवद्व शीर्ष नेताहरुसँग आज छलफल हुन लागेको हो । बिहान साढे ११ बजेपछि सिंहदरवारमा छलफल सुरु हुनेछ । शीर्ष नेताहरुसँगको छलफलपछि मात्र संविधानका विवादित बुँदामा सहमतिको लागि केही समय उपलब्ध गराउने बारेमा कार्यव्यवस्था परामर्श समितिमा सहमति हुनेछ । काङ्ग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरेले अहिलेसम्म भएको प्रगति विवरणको बारेमा जानकारी लिएपछि उपसमितिलाई विवादका बुँदामा सहमति गर्न थोरै समय दिने निर्णय हुने जानकारी दिनुभयो । संवैधानिक समितिको गएको सोमवार बसेको बैठकले राजनीतिक सहमतिका लागि समय थपगर्ने निर्णय गरेको थियो । यसअघि चैत्र २० गतेसम्म सहमतिगर्न कार्यव्यबस्थाले समय दिए पनि पूर्वनिर्धारित समयमा सहमति जुटन सकेको छैन । ५ पटक सम्म गरी दिइएको ५० दिनको समयमा भावी संविधानका विवादका बुँदामा दलहरुबीच सहमति हुननसक्दा तोकिएको समयमा संविधान जारी हुनेमा उत्पनन शङ्का गाढाहुँदै गएको  विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले