सार्वजनिक भाडाका बसले विद्यार्थी बोक्दा आमयात्रु मर्कामा

२९ बैशाख २०७०, आईतवार १२:३२ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । सार्वजनिक भाडाका यातायातले विद्यार्थी बोक्दा आमयात्रु मर्कामा परेका छन् । बिहान दस बजे र बेलुका ४ बजे अधिकांश सार्वजनिक भाडाका यातायातले स्कूल, कलेज र निजी विद्यालयका विद्यार्थी बोक्ने गरेका छन् । सार्वजनिक सवारी साधन खरिद गर्दा एउटा उद्देश्य राखेर यातायात व्यवस्था कार्यालयमा दर्ता गर्ने, सार्वजनिक सावरी साधनको खरिद गर्ने तर आफुखुशी प्रयोग गर्दा सर्वसाधारण यात्रुहरुले लामो समयसम्म गाडी कुर्नुपर्ने वा खचाखच भरिएका सवारी साधनमा यात्रा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
निजी कलेज र विद्यालयका सञ्चालकहरुले भाडाका गाडीमा लगानी गरेकाले उनीहरुले आफ्नो स्वार्थअनुकुल सार्वजनिक भाडाका सवारी साधनको प्रयोग गर्ने गरेका छन् । सर्वसाधारणको लागि भाडाका सवारी साधन भनेर यातायात व्यवस्था कार्यालयमा सवारी साधानको दर्ता गर्ने तर आफ्नो स्वार्थ अनुकुल सार्वजनिक सवारी साधनको प्रयोग गर्दा ट्राफिक र यातायात कार्यालयको ध्यान त्यसतर्फ जान सकेको छैन । जसका कारण विहान र बेलुका सर्वसाधारण यात्रुहरु भिडभाडमा यात्रा गर्न र लामो समयसम्म सार्वजनिक सवारी साधनलाई पर्खन बाध्य भएका छन् ।
‘सार्वजनिक भाडाका सवारी साधन हुन् भने उनीहरुले यात्रु मात्रै बोक्नु प¥यो । निजी विद्यालय र कलेजका सवारी साधन हुन् भने उनीहरुले सोहीबमोजि कार्य गर्नु प¥यो’, एक सार्वजनिक सावरी साधनका चालकले भने । सरकारी अनुगमन फितलो हुँदा उनीहरुले गलत कार्य गर्दै आएका छन् भने सर्वसाधारण यात्रुको मर्कालाई ट्राफिक र सम्बन्धित निकायले सम्बोधन गर्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह