रोल्पा जेलबाट सुरुङ खनेर कैदी फरार

२९ बैशाख २०७०, आईतवार ११:५१ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । शनिबार राती रोल्पा कारागारबाट ८ जना कैदीहरु आठ मिटर लामो सुरुङ खनेर भागेका छन् । तीनजना जवरजस्ती करणी, चारजना डकैति  र एक जना तस्करीको अभियोगमा सजाय काटिरहेका कैदी बन्दीहरु भागेको रोल्पाबाट प्राप्त समाचारमा जनाइएको छ । डाका अभियोगमा पक्राउ परेका रोल्पा धबाङका कृष्णबहादुर वली र राजु थापा, दाङका दीपक पुन, राङकोट रोल्पाका बसन्त रोका,  जवरजस्ती करणी अभियोगमा पक्राउ परेका रोल्पा जुगारका ध्रुव डाँगी, रोल्पा जेदबाङका चम्फे विक, रोल्पा जंकोटका राजबहादुर वली छन् तथा तस्करी गरेको अभियोग लागेका रोल्पा खुंग्रीका अर्जुन सेन सुरुङ खनेर भागेका कैदीहरु हुन् । उनीहरु भागेको आधा घण्टापछि मात्र जेल सुरक्षामा रहेका प्रहरीले घटनाबारे थाहा पाएका थिए ।
सुरक्षाको दृष्टिकोणले अत्यन्तै कमजोर मानिएको रोल्पा कारागारको क्षमता ३५ जनाको मात्र भएपनि कारागारमा विभिन्न अभियोगका ८४ जना कैदीबन्दी रहेको बताइएको छ । सुरुङ खनिएको कोठामा मात्रै ११ जना कैदीबन्दी रहेकामा तीन जना नभागी बसेका बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि