‘छोरी दिएपछि ज्वाईंको अपमान किन ?’ :: बालकृष्ण खाण

२९ बैशाख २०७०, आईतवार ११:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध विरोध भइरहेको बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वालकृष्ण खाणले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय चार दलकै भएकाले त्यसको बिरोध अर्थपूर्ण नभएको तर्क गरेका छन् ।
कार्कीलाई अख्तियारको प्रमुख बनाउन कांग्रेसको पनि भूमिका रहेको प्रस्ट्याउँदै नेता खाणले नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको पाँचौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा भने– ‘राजकुमारलाई छोरी दिने मन थियो तर परिपञ्च नमिलेर छोरी अरुलाई नै दिइयो। कुरा यत्ति हो ।’ उनले थपे– ‘छोरी दिइसकेपछि अब ज्वाइँको अपमान गर्नु मुर्खता हो ।’
प्रस्ट वक्ताका रुपमा चिनिएका नेता खाणले अहिलेको प्रमुख काम चुनाव भएकाले निर्वाचन विथोलिने गरी गतिबिधी गर्न नहुने धारणा राखे । कार्कीको बिरोधका क्रियाकलापले निर्वाचनको कामलाई लम्व्याउने बताउँदै उनले झिना–मसिना कुरालाई थाती राखेर निर्वाचन सफल बनाउने र त्यस्ता विषयहरुलाई निर्वाचन पछि सुधार गर्न सकिने पनि उनले बताए ।
अहिले कार्यपालिका नभएको र न्यायपालिका तथा व्यवस्थापिका भए पनि नभएकोजस्तो अवस्थामा मुलुकको निकासका लागि निर्वाचनलाई केन्द्रमा राखेर त्यो निर्णय लिइएको उनको भनाई छ ।
फरक प्रसंगमा उनले कम्यूनिष्टहरु सत्तामा पुग्नकै लागि मजदुरका नारा लगाउने गरेको आरोप लगाउँदै कम्यूनिष्टहरु उद्योगी व्याबसायीको पक्षमा समेत नरहेको बताए । कांग्रेस बलियो भयो भने उद्योगी व्यबसायी मात्र नभई व्यक्तिको संपत्तिको संरक्षण पनि हुन सक्ने बताउँदै उनले कम्यूनिष्टमा पनि माओवादीले बिना मुआव्जा व्यक्तिको संम्पत्ति अधिकरणको पक्षमा रहेकाले व्यक्तिले संम्पत्ति राख्न पाउने अधिकारका लागि पनि आसन्न संबिधान सभामा कांग्रेसलाई जिताउन माग गरे । कार्यक्रमका बोल्ने मजदुर नेताहरुले नेपालका मजदुरको अवस्था अझैपनि संवेदनशिल अवस्थामा रहेकाले आन्दोलनलाई अझै बिकसित रुपमा अंगाडी बढाउनु पर्ने औंल्याएका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका सभापति काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, सचिव रामकृष्ण खाण, क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरिबहादुर आचार्य क्षेत्र, बुटवल नगर सभापति खेलराज पाण्डे, निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ, रिक्साका केन्द्रीय सदस्य प्रकास पाठक, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष ओमप्रकास चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तैगरी कोषाध्यक्ष ललिता अधिकारी र सचिव शुशिल घिमिरेले आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने