आन्दोलनबाट सत्ता कब्जा गर्ने कमल थापाको चेतावनी

२८ बैशाख २०७०, शनिबार २१:१३ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । चुनावी प्रयोजनका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वम सरकार बन्दा अग्रपंक्तिमा रहेर स्वागत गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको नेतृत्वमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिबार धनगढीमा आयोजित सुदुरपश्चिमाञ्चल स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चार दलको सर्वसत्तावादी सोच र रेग्मी सरकारको कार्यशैलीले मंसिरमा पनि चुनाव हुनेमा ठूलो आशंका उब्जेको बताए । मंसिरमा पनि चुनाव नभए आन्दोलनबाटै राज्यसत्ता कब्जा गर्ने चेतावनी पनि थापाले दिए।
रेग्मी सरकारलाई सिखण्डी र कठपुतलीको विशेषण दिँदै थापाले चार दल चुनावलाई पन्छ्याउने पक्षमा रहेको आरोप लगाए र भने- ‘चारदलीय संयन्त्र खारेज हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर