जनजीवनमा नकारात्मक असर पर्ने भन्दै विद्यार्थीद्वारा लिए बन्द फिर्ताको घोषणा

२८ बैशाख २०७०, शनिबार २०:४५ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । जे सुकै कुराको बिरोध गर्नु परे पनि बन्दको घेषणा गर्ने प्रवृत्ति मैलाइरहेको परिवेशमा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको सन्दर्भमा घोषणा गरिएको भोली २९ गतेको बन्द विद्यार्थी संगठनहरुले फिर्ता लिएका छन् । जनजीवनमा असर पर्ने भएकाले बन्द फिर्ता लिएको १३ विद्यार्थी संगठनका नेताहरुले जनाएका छन् । अनावश्यक विषयमा बन्द आह्वान गरिएको भन्दै बन्दको चौतर्फी बिरोध भएको थियो । विद्यार्थीहरुले आह्वान गरेको बन्दलाई नेकपा माओवादी सहित ३३ दलले समर्थन गरेका थिए । तर विद्यार्थीहरुले बन्द फिर्ता लिएपछि आफूहरुले मात्रै लोकमान नियुक्तिको विषयलाई लिएर बन्द नगर्ने माओवादी नेतृ तथा प्रवक्ता पम्फा भुसालले जनाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट