रेग्मीले प्रधानन्यायाधीश नछोड्ने, तत्काल चुनावको मिति तोक्न जरुरी नभएको पौडेलको धारणा

२८ बैशाख २०७०, शनिबार १२:४४ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफू प्रधानन्यायाधीश भएकै नाताले सरकारको नेतृत्व गर्नुपरेकाले सो पद त्याग नगर्ने जनाएका छन् । सिंहदरबारमा भएको सर्वदलीय बैठकमा कतिपय दलका नेताले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन सुझाव दिँदा रेग्मीले आफू प्रधानन्यायाधीश रहेकै कारण भावी निर्वाचनमा व्यवधान पुग्ने आफूले नठानेको जवाफ दिएको स्रोतको कथन छ । आफू दुवै पदमा रहे पनि निर्वाचनमा अप्ठेरो नपर्ने जिकिर गर्दै उनले बिनासर्त निर्वाचनमा जान दलहरुलाई आग्रह गरे।
बताइएअनुसार बैठकमा समाजवादीका अध्यक्ष अशोक राई र मालेका पोलिटब्युरो सदस्य दिननाथ घिमिरेले रेग्मीलाई प्रधान न्यायाधीश छाड्न भनेका थिए। तर सो इन्कार गर्दै अध्यक्ष रेग्मीले सबै दललाई निर्वाचनमा सहभागी भएर वातावरण बनाई दिन आग्रह गरे।
बैठकमा कतिपय दलका नेताहरुले तत्काल निर्वाचनको मिति तोक्न आग्रह गरिेका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने निर्वाचनको सय दिनअघि मिति घोषणा गरे पनि फरक नपर्ने भन्दै मितिमा समस्या नभएको बताएका थिए । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनका लागि प्रस्तावित १ प्रतिशतको थ्रेसहोल्ड कायमै राखेर जान सरकारलाई सुझाएका थिए भने खनालको प्रस्तावमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि सहमति जनाए। तर, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले भने त्यसमा आपत्ति जनाएका थिए । बैठकमा सहभागी दलले आ–आफ्ना फरक धारणा र अडान राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो। बैठकमा मोहन वैद्यको दल नेकपा माओवादी र उपेन्द्र यादवको दल मजफोले भाग नै लिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको