कांग्रेसले बहुमत ल्याउने भण्डारीको दाबी

२८ बैशाख २०७०, शनिबार १२:१८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ वैशाख । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले संविधानसभाको आगामी निर्वाचनमा नेपाली कांगे्रसले बहुमत ल्याउने दाबी गरेका छन् । देशभर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको भीड दिन प्रतिदिन बढेकाले अब हुने संविधान भाको निर्वाचनमा कांग्रेसको बहुमत आउने निश्चित भएको उनले बताए ।
नेपाली नेपाली कांग्रेस सिद्धार्थनगर समितिले भैरहवामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भण्डारीले संबिधानसभामा उठाउने मुद्धा लगायत मुलुकको जटिल बिषयमा नेतृत्वले अडान लिनुपर्ने सुझाव दिए । उनले नेतृत्वले अडान नलिएका कारण्ँ मुलुकले गहिरो संकट बेहोर्नु परेको भन्दै नेतृत्वले अडान राखेमात्रै पनि काग्रेसको बिजयी हुने दावी गरे । हरेक पार्टीभित्र भएका अलोकतान्त्रिक र अप्रजातान्त्रिक गतिविधिको प्रतिवाद गर्नु युवा शक्तिको काम भएको उनले आंल्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।