लिलाम हुने भएपछि ‘अग्नि’का बिमान ‘नमस्ते’को जिम्मामा

२८ बैशाख २०७०, शनिबार ०८:४४ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । बैंकको ऋण तिर्न नसकेर लिलाम हुने भएपछि अग्नि एयरले आफ्ना विमानहरु नमस्ते एयरलाई जिम्मा लगाउने भएको छ । अग्नि एयरका सञ्चालक सुधीर बस्नेतले बैंकको ऋण तिर्न सकेका थिएनन् । घरजग्गामा प्रशस्त लगानी गरेका उनको कारोबार बिग्रिएपछि बैंकको ब्याज तथा साँवाको किस्ता पनि तिर्न सकेका थिएनन् ।  बैंकको ऋण तिर्न नसकेका कारण लामो समयदेखि ग्राउन्डेड भएका अग्नि एयरका जहाज आफूहरुले स्वामित्वमा लिएर आगामी असार पहिलो साताभित्रैबाट उडाउन सुरु गर्ने  नमस्ते एयरका कार्यकारी अध्यक्ष राजु केसीले जानकारी दिए । अग्निका विमान उडान तथा सञ्चालनको जिम्मा नमस्ते एयरले लिने सम्झौता गत बुधबार नै भइसकेको उनले बताए । अग्निका पाँचमध्ये तीनवटा नमस्ते एयरको नाममा र दुईवटा विमानले अग्नि एयरकै नाममा उडान भर्ने गरी सम्झौता भएको छ ।
अग्निका दुईवटा डोर्नियर विमान असार पहिलो साताभित्र उडाउने र जेट स्ट्रिम मर्मतका लागि केही समय लाग्ने भएकाले साउन मध्यदेखि थपसमेत गरी सो कम्पनीका पाँचैवटा विमानले उडान भर्ने केसीले जनाए । घरजग्गा व्यवसायी सुधीर बस्नेतले व्यवसायमा मन्दी आएकाले नाफामा रहेको अग्नि एयर पनि सञ्चालन गर्न सकेका थिएनन् । वाषिर्क २८ करोड रुपैयाँ मुनाफा गरेको र आन्तरिक उडानमा सात प्रतिशत हिस्सेदारी ओगटेको अग्नि एयरसँग दुईवटा डोर्नियर र तीनवटा जेट स्ट्रिम विमान छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह