एक करोड नक्कली भारतीय नोटसहित पाकिस्तानी पक्राउ

२८ बैशाख २०७०, शनिबार ०८:२९ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । प्रहरीले ठूलो परिमाणमा नेपाल भित्र्याइँदै गरेको नक्कली भारीतय रुपैयाँसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेकोछ । एक करोड नक्कली भारतीय नोट लिएर नेपाल आएका फारुक शेष मोहम्मद नामक पाकिस्तानी नागरीक पक्राउ परेका हुन् । कतार एअरवेजको क्यू आर ३५१ को उडानद्धारा पाकिस्तानको कराँचीबाट दोहाहुँदै काठमाडौं आएका मोहम्मदले दुईवटा सुटकेशमा फल्स बटन बनाई लुकाएर ल्याएको १ हजार दरको ७० लाख र ५ सय दरको ३० लाख गरी १ करोड नक्कली भारतीय रुपैया मोहम्मद नरु उल्लाह नामका नेपाली नागरिकलाई दिइरहेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट उनलाई नियन्त्रणमा लिइएको थियो । पासपोर्ट नम्बर वि ४६९१०२८ का ५६ बर्षीय फारुकसँगै काठमाडौँ महानगरपालिका–३१ बागबजार घर भएका ६० बर्षीय मोहम्मद नरु उल्लाहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उनीहरुले उक्त रकम तराई नाका हुँदै भारत लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा