कलाकारहरु कुचो बाकेर आउनोस्ः प्रधानमन्त्री

२३ चैत्र २०६८, बिहीबार ०२:५१ मा प्रकाशित

काठमाडौं । ‘पर्दामा कुचो र कोदालो बोकेर देखिने तपाइँहरु महानगरपालिका सफाइको स्थलगत पर्दामा आउनोस्,’ जसै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्रकर्मीहरुलाई आग्रह गरे फिल्मकर्मीहरुले समेत सरकारको अभियानलाई सकेसम्म साथ दिने वचन मात्रै दिएनन् । नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल र उपाध्यक्ष नकिम उद्धिनले प्रतिव्यक्ति एक लाख एक हजार एक सय ११ रुपियाँ राज्यकोषलाई यो अभियानको लागि सहयोग गर्ने घोषणै गरे ।

चैत २४ देखि ३० सम्म हुने ‘सफा काठमाण्डौ हाम्रो काठमाण्डौ’ नामक राष्ट्रिय स्वयंसेवा अभियानमा चलचित्रकर्मीहरु विभिन्न समूह बनाएर महानगरपालिकाको सरसफाइमा जुट्ने भएका छन् । मंगलबार राष्ट्रिय योजना आयोगको सभाहलमा चलचित्रकर्मी र कलाकर्मीको भेलामा प्रधानमन्त्री भट्टराईले उनीहरुलाई सहभागी हुन आग्रह गरेका थिए । कुरुप र फोहोर बन्दै गएको काठमाडौंको मुहार फेर्ने कलाकारको पहललाई जनताले साथ दिने समेत प्रधानमन्त्रीको विश्वास छ ।

समाजका आदर्श व्यक्ति कलाकारको अभियानले राष्ट्र निर्माणमा सघाउ पुर्याउने भन्दै प्रधानमन्त्रीले सबै कलाकर्मीलाई सक्रिय सहभागी हुन अनुरोध गरेका हुन् । उनले भने ‘सबैलाई बाँध्ने एउटै धागो राष्ट्रियताको धागो भएकाले यो योजनामा तपाइँहरुको उत्साहजनक सहभागिताको अपेक्षा गरेको छ ।’
काठमाडौं महानगरपालिकाले समेत भित्ता र पर्खालमा फिल्मका पोष्टर, पम्प्लेट नटाँस्न सिनेकर्मीहरुसँग आग्रह गरेको छ । जथाभावी टालिएका र फालिएका पोष्टरले राजधानीको सुन्दरता बिगोरेको छ भने वातावरण समेत प्रदूषित बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको