भक्तपुर एमालेमा पहिरो

२७ बैशाख २०७०, शुक्रबार २२:३२ मा प्रकाशित

भक्तपुर, २७ वैशाख । पार्टीले कार्यकर्ताको मागलाई सुनुवाइ नगरेको र पार्टी कार्यकर्तालाई संरक्षण गर्न नसकेको भन्दै एमालेका दुई दर्जन कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीलाई बारम्बार मौखिक तथा लिखित जानकारी दिँदा पनि वास्ता नगरी उल्टै अन्य पार्टीका नेताहरूसँग मिलेर कार्यकर्ताविरोधी कार्य गरेपछि राजीनामा दिएको एमाले छालिङ गाउँ कमिटीका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । सो गाविसका २२ जना सक्रिय एमाले कार्यकर्ताहरुले पार्टीबाट संयुक्त रूपमा राजीनामा दिएका हुन् ।
भण्डारीका अनुसार राजीनामा दिनेमा गाउँ कमिटी इन्चार्ज राजेन्द्र थापा, उपाध्यक्ष रामकृष्ण थापा, सचिव प्रवीण नगरकोटी र उपसचिव अमृत बस्नेत, सरस्वती पुरी, कृष्णशोभा सुवाल, जयन्ती थापा, धुव्रप्रसाद रिसाल, सुन्दर नेपाली, नवराज कार्की, गोपालकृष्ण लिगल, रामबहादुर थापा, रामप्रसाद गौडा, चन्द्रा थापा, राम थापालगायत छन् । उनीहरूले पार्टीप्रति असन्तुष्टि पोख्दै राजीनामा दिए पनि अन्य पार्टीमा प्रवेश भने गरेका छैनन् भने भक्तपुर एमाले जिल्ला पार्टी कमिटीले पनि उनीहरुको राजीनामा स्वीकार गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक