मानव तस्करीमा संलग्न दम्पत्तिलाई एसएसबीले कब्जामा लिएपछि…

२७ बैशाख २०७०, शुक्रबार २२:१५ मा प्रकाशित

काठमाडौं, वैशाख २७ । महिलालाई खाडी मुलुक जानमा सरकारले कडाई गरेपछि भारतको बाटो हुँदै खाडी देशतर्फ महिला कामदारको तस्करीमा बढोत्तरी भएको छ । यसरी महिलालाई गैरकानुनी तरिकाले भारतको बाटो हुँदै खाडी पठाउने दलालहरुको सक्रियता बढिरहेकै बेला सात जना युवतीका पासपोर्ट बोकेर नेपालगञ्जतर्फको नाका हुँदै भारत जाँदै गरेका एक दम्पतीलाई भारतीय प्रहरी (एसएसबी)ले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । मोरङ, केराबारी ९ घर भई हाल सुनसरीको इटहरी ९ मा बस्दै आएका हिरालाल रिषिदेव र मेनुकादेवी भेटवाल नामकी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले आफू पतिपत्नी भएको बताएका छन् । उनीहरुको साथबाट बाँके, दाङ, सुनसरी, गोर्खा र स्याङ्जाका युवतीको नाम, ठेगाना भएका सातवटा पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ । हलवार १ दाङकी पूजा नेपाली, बराहक्षेत्र १ सुनसरीकी संगीता राई, बोरियाङ २ गोर्खाकी सीता दर्जी, पुतलीबजार १ स्याङ्जाकी बोलमाया थापा तथा बाँकेका खासकुस्मा ४ की सन्तोषी थापामगर, बसुदेवपुर २ की दीपा खत्री, खासकुस्मा ४ की गीता केसीको नामको पासपोर्ट उनीहरुको साथबाट फेला परेका थिए । मेनुकाको हाते ब्यागभित्रको खाममा बेरिएका ती पासपोर्ट नक्कली अथवा सक्कली कस्ता हुन् अझै पत्ता नलागेको बाँके प्रहरीको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४