सिक्मिीकरणको खतरा बढ्यो : चित्रबहादुर केसी

२७ बैशाख २०७०, शुक्रबार २१:४५ मा प्रकाशित

काठमाडौं, २७ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकमान कार्कीलाई अख्तियारमा नियुक्त गर्ने चारदलीय सिण्डिकेटले अब छिट्टै ज्ञानेन्द्र शाहलाई राजाका रुपमा स्थापना गर्न सक्ने चेतावनी दिएका छन् । बागलुङमा शुक्रबार आयोजित एक कार्यक्रममा संघीयताका प्रखर विरोधि नेताका रुपमा चिनिएका केसीले मुलुक सिक्किमिकरणको दिशामा तीव्र रुपमा अघिबढेको भन्दै भारतका एजेण्टले दिएको व्यक्तिलाई देशका संवैधानिक निकायमा नियुक्त गर्न सहमति दिने चारदलले नेपाललार्इ भारतमा मिलाउन पनि तयार छौं भनेर कुनै दिन सुम्पने खतरा भएको उल्लेख गरे । दलका नेताहरुले आफूले सकेनौं भन्दै निर्दललार्इ सत्ता बुझाउने, एउटै देशमा दुइवटा प्रधानन्यायाधीश राख्नेजस्तो काम गरेर जग हँसाएको भन्दै वर्तमान सरकार गठन र यसले गरेका सबै क्रियाकलाप जनविरोधी भएको दाबी गरे । यसो भए पनि लोकतन्त्र बचाउनका लागि आफ्नो पार्टीले संविधानसभाको निर्वाचनमा भने भाग लिने उनको कथन छ । समाजवादमा जानका लागि पनि निर्वाचनको माध्यमबाट संविधान लेखिनुपर्छ भन्ने केसीको धारणा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट