बस्तीमा डोजर लगाउनेहरु प्रहरी नियन्त्रणमा

२७ बैशाख २०७०, शुक्रबार २१:२९ मा प्रकाशित

रुपन्देही, २७ वैशाख । बुटवलको पुरानो बसर्पास्थित एक बस्तीमा मध्यरातमा डोजर लगाएर घर, टहरा र पसलहरु ध्वस्त पारेको अभियोग लागेका ९ जनासमेत अन्य मुद्दाका आरोपी १४ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी सार्वजनिक गरेको छ । बस्तीमा डोजर लगाउने र विभिन्न व्यक्तिलाई ठग्दै हिँड्ने चार जना तथा गाडी दिलाइदिन्छु भनी ठगी गर्ने एक गरी १४ जनालाई नियन्त्रणमा लिई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
पुर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगन्ज रोडका ८ वटा कच्ची र एउटा पक्कीसहित ९ वटा घरमा डोजर लगाएको अभियोगमा पक्राउ पर्नेहरुमा रुपन्देही खड्ग बनगाई–१ बस्ने बर्ष ३७ का कृष्णप्रसाद पोखरेल, सोही गाविस गोना–४ का ३० बर्षीय पारस कुर्मी, सोही ठाउँकै बर्ष १६ का सुरेन्द्र कुर्मी, स्याङजा सिसिर्कोट–८ का बर्ष ३१ का राजेन्द्र रेग्मी, बुटवल–१३ को बर्ष ४२ का नारायण थापा, बर्ष २० का गोले भन्ने सुमन लामा र बुटवल–९ का २९ वर्षीय लोकप्रकाश मल्ल रहेका छन् । डिएसपि राजकुरमार बैदवारले प्रहरीले समयै अप्रेशन गरेको दावी गर्दै घटनाका मुख्य नाइके थानेश्वर थापा र अन्यको बारेमा सुक्ष्म रुपमा अध्ययन भइरहेको जानकारी दिए। उनले संगठित अपराध ऐन २०६८ अनुसार अपराधिहरुलाई कडा कारवाहि गरिने बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी