बंगलादेशको भवन दुर्घटनामा मर्नेहरुको संख्या एक हजार नाघ्यो

२७ बैशाख २०७०, शुक्रबार १३:५६ मा प्रकाशित

एजेन्सी । करिब तीन साताअघि बैगलादेशको ढाकानजिक एक गार्मेन्ट फ्याक्ट्री भवन भत्किँदा पुरिएर मर्नेहरुको संख्या एक हजारभन्दा बढी पुगेको बंगलादेशको सेनाले जनाएको छ । सेनाले सुरुदेखि नै राहत कार्य सञ्चालन गरिरहेको छ । बंगलादेशको इतिहासकै सबभन्दा ठूलो औद्योगिक दुर्घटना मानिएको राणा प्लाजा नामक उक्त आठ तले भवन गत २४ अप्रिलका दिन अकस्मात भत्किएर ध्वस्त भएको थियो । त्यहाँबाट अढाई हजार मानिस घाइते भएका थिए भने लगभग त्यति नै संख्याका मानिसलाई सुरक्षित बाहिर निकालिएको थियो ।
सो भवन भत्किएपछि बंगला देशका अन्य १८ वटा ठूला कपडा फ्याक्ट्रीहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग

चीनले आफ्नो मुख्य भूमि (मेन ल्यान्ड) मा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको मात्रा दिएको छ। राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांक

काठमाडौँ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धप्रति कडा ‘प्रतिक्रिया’ हुने चेतावनी दिएको छ । ‘हाइपरसोनिक’ मिसाइलको

लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन