नक्कली नागरिकता लिने भारतीय पक्राउ

२७ बैशाख २०७०, शुक्रबार १३:०१ मा प्रकाशित

रासस, लहान, २७ वैशाख । नक्कली प्रमाणपत्र पेश गरी नगरिकता लिने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारत बिहान मधुवनी जिल्ला भरहर सिसुवार निवासी बिन्दालाल साहले गलत प्रमाण पेश गरी नागरिकता लिएको प्रमाणित भएपछि इलाका प्रशासक राजु साहको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरी कारबाही चलाएको हो ।
नक्कली कागजात पेश गरी २०६३ फागुन १० गतेको नागरिकता टोलीबाट साहले जन्मको आधारमा नागरिकता लिएको प्रमाण भेटिएको छ। राजनीतिक दलहरुको संयन्त्रको सिफारिसमा तत्कालीन टोली प्रमुख प्रशासकीय अधिकृत शिवराम यादवले नागरिकतामा हस्ताक्षर गरेका हुन्।साहमाथि नागरिकता ऐन अन्तर्गत कारबाही अगाडी बढ्ने इलाका प्रशासक राजु साहले बताए।
लहान–७ मा रहेको आफ्नो जग्गा आफन्तहरुले कब्जा गरेको भन्दै साहले इलाका प्रशासन कार्यालयमा उजुरी गरेको छ।उनको उजुरी छानबिनको क्रममा भारतीय नागरिक प्रमाणित भएको हो। उनले जन्मको आधारमा नागरिकता लिन भदैया गाविसमा बसेको प्रमाण फर्जी रहेको इलाका प्रशासक साहले भने। ‘भदैया गाविसमा उनको एक इन्च पनि जग्गा नरहेको पुष्टि भैसक्यो,’ साहले बताए। लहानमा बस्दै आएका उनका आफन्तहरुको पनि नागरिकता लिन पेश गरिएको प्रमाण फर्जी हुन सक्ने साहले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच