अपहरणकारीलाई छुटाउन राप्रपा नेपालद्वारा झापा बन्द !

२७ बैशाख २०७०, शुक्रबार १२:५५ मा प्रकाशित

काठमाडौं, २७ वैशाख । मानिस अपहरण गरेको अभियोगमा बिहिबार पक्राउ परेका दुई व्यक्ति आफ्ना कार्यकर्ता भएको दाबीका साथ उनीहरुको रिहाईको माग गर्दै राप्रपा नेपाल झापाले भद्रपुर ( पक्राउमा परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपा नेपालले शुक्रबार  झापा बन्दको आह्वान गरेको छ ।  यसरी अप्रत्यासित रुपमा गरेको बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र मेची राजमार्गका साथै सहायक मार्गहरुमा सार्वजनिक यातायातका साधनका साथै मालबाहक ट्रकसमेत अवरुद्ध भएका छन्भने बन्दले जनजीवन प्रभावित बनेको बताइएको छ।
अचानक गरिएको बन्दबारे अधिकांश जिल्लावासीलाई सूचना नभए पनि बन्दको अवज्ञा गरेको भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले झापाको चारपानेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्रकमा पेट्रोल छर्केर आगो लगाउने तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस