कार्कीको विरोधमा किन उत्रिए चौधरीहरु ?

२७ बैशाख २०७०, शुक्रबार ११:०० मा प्रकाशित

काठमाडौं, २७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भएका पूर्वमूख्यसचिव लोकमानसिंह कार्कीले सपथ ग्रहण गरी आफ्नो काम थालिसकेका छन् । उनको नियुक्तिका लागि सिफारिस भएको विषयलाई अत्यधिक बढाईचढाई गर्दै कार्कीविरुद्धमा प्रचार गर्ने ठूलो मिडिया हाउस पनि हार खाएर सुस्ताउन लागेको छ । तर, कार्कीविरुद्ध त्यसरी नांगो रुपमा उत्रिनु परेको चाहिँ किन रहेछ भन्ने चासो र चर्चा अझै पनि सचेत आमतप्कामा रहेको देखिन्छ ।
यसरी उक्त मिडिया कार्कीविरुद्ध खनिनुको एउटा प्रमुख कारण उद्योगपति विनोद चौधरी रहेको बुझिएको छ । सुत्रका अनुसार कार्कीको नियुक्ति हुने भएपछि अनुचित तवरले धन आर्जन गर्नेहरूमा एकप्रकारको आतङ्क नै मच्चिन पुग्यो । यस निर्णयबाट वाइवाइ चाउचाउका मालिक विनोद चौधरी साह्रै आतङ्कित बन्न पुगे र चौधरीले नै आफ्नै मारवाडी समुदायको आफ्ना विरादरी व्यक्तिद्वारा सञ्चालित अखबारलाई भरमार प्रयोग गरे । उक्त अखबारका मालिक स्वयम् पनि आफ्नो सम्पत्तिको स्रोत खोजी हुनसक्ने सम्भावनालाई लिएर आतङ्कित हुन पुगेकाले उनले आफू सञ्चालित अखबारलाई कार्कीविरोधी दैनिकका रूपमा प्रस्तुत गरिरहे । हालसम्मका गतिविधि हेर्दा कार्कीको विरुद्ध विनोद चौधरी सर्वाधिक तर भित्री रूपमा सक्रिय रहेको पाइएको छ ।
अर्बौं रुपैयाँ भ्याट छलीमा दोषी रहेका विनोद चौधरीले राजा वीरेन्द्र र बडामहारानी ऐश्वर्यको सम्पत्ति हत्याएकोबारे समेत छानबिन हुन सक्ने भएकोले चौधरी ज्यादा तर्सिएर कार्कीविरुद्ध सक्रिय भएको बुझिन्छ । चौधरी निकटको मानिने नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल, प्रदीप ज्ञवाली र शंकर पोखरेललगायत कार्कीविरुद्ध सक्रिय भएको देखिन्छ भने अख्तियारका पूर्वसचिव भगवती काफ्ले पनि ज्यान फालेर कार्कीलाई रोक्न सक्रिय भए । के कारणले हो कुन्नि, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कार्कीविरुद्ध सक्रिय भएको पाइयो । यसबाहेक नेपाली काङ्गे्रसका नेताहरू सुजाता कोइराला र गगन थापा पनि कार्कीविरुद्ध सक्रिय रहेको देखियो । नेकपा–माओवादीले त कार्की प्रकरणलाई सङ्घर्षको थालनी गर्ने एउटा हतियारकै रूपमा उपयोग गर्न खोजेको छ । यसरी हेर्दा लोकमानका विरुद्ध सर्वश्री विनोद चौधरी त्यसपछि आफूलाई नंवर वान दैनिक अखबार ठान्ने पत्रिकाका मालिक, राष्ट्रपति डा. रामवरण यादव, माधव नेपाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुजाता कोइराला, गगन थापा, भगवती काफ्ले, नारायणकाजी श्रेष्ठ र कार्कीविरुद्ध सर्वोच्च अदालतमा बहस गर्ने वकिलहरू अग्रपङ्क्तिमा देखिए । कतिपयले बदलाको भावनाले कार्कीको विरोध गरेको र केहीले सस्तो लोकप्रियताका निम्ति विरोधको आवाज बोलेको भए पनि विनोद चौधरीलगायतले चाहिँ आफ्ना अपराधविरुद्ध छानबिन र कारबाही हुनसक्ने त्रासका कारण विरोध गरेको स्रोतको दाबी छ । कार्कीले सपथ खाई आफ्नो काम सुरु गरेको अवस्थामा उनीहरु अब उनीहरुको प्रतिक्रिया र व्यवहार के–कस्तो हुने हो, प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर