रोल्पालीले भने– ‘प्रचण्डको विश्वास नगर्नु !’

२७ बैशाख २०७०, शुक्रबार १०:२३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ वैशाख । नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाओवादी अध्यक्ष प्रचण्डको ढाँटछलको राजनीतिसँग नेपाली जनता परिचित भइसकेकाले अब जथाभावी सपना बाँडेर नेपाली जनताले एमाओवादीलाई नपत्याउने बताएका छन् ।
नेबि संघ भैरहवा बहुमुखी क्याम्पस एकाई समितिले भैरहवा बहुमुखि क्याम्पसमा आयोजना गरेको स्वागत, विदाई तथा पुरस्कार वितरण्ँ कार्यक्रममा बोल्दै नेता थापाले प्रचण्डहरुले हिजो लुटेर खाएको र आज उत्तर–दक्षिण मागेर खान थालेको टिप्पण्ँी गरे । अघिल्लो दिन रोल्पामा आयोजित कांग्रेसको एक कार्यक्रममा सहभागी भएर फर्किएका थापाले तराईका जनतासँग लभ प¥यो भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई रोल्पाली जनताले ‘यता ढाँटेर अब ढाँटछल गर्न तराई झरेछन्’ भन्दै प्रचण्डको झुठको राजनीति कहिलेसम्म भनी प्रश्न गरिरहेका बताए । प्रचण्डको विश्वास नगर्न राल्पालीले आफूसँग आग्रह गरेको खुलासा पनि गगनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट