निर्वाचन माहोल सिर्जना गर्न सरकारले डाक्यो सर्वदलीय बैठक

२७ बैशाख २०७०, शुक्रबार ०८:२५ मा प्रकाशित

काठमाडौ, २७ वैशाख ।  निर्वाचनकेन्द्रित वार्ता र छलफललाई निरन्तरता प्रदान गरी रूपमा विवादित निर्वाचन कानुन मस्यौदामा निक्र्योल निकाल्ने उद्देश्यले चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आज शुक्रबार सर्वदलीय बैठक डाकेका छन् । विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका अतिरिक्त अन्य दलहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बालुवाटार सुत्रले जनाएको छ ।  निर्वाचन आयोगले प्रस्ताव गरेको संविधानसभा सदस्य निर्वाचन ऐन संशोधन अध्यादेशमा राजनीतिक सहमति खोज्दै निर्वाचन माहौल सिर्जना गर्नु आजको छलफलको मुख्य एजेन्डा हुने बताइएको छ ।
एक प्रतिशतभन्दा बढी मत ल्याउने दलहरूले मात्र समानुपातिक कोटाबाट संविधानसभामा प्रतिनिधित्व पाउने प्रस्तावित व्यवस्थाप्रति साना दलहरू रुष्ट छन् भने निर्वाचन आयोगले प्रस्ताव गरेको उम्मेदवारले मनोनयपत्र दाखिलाकै समयमा फौजदारी अभियोगको अवस्था र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई एमाओवादी र मधेसी मोर्चासहितका दलहरूले विरोध गरेका छन् । फौजदारी अभियोगको स्वघोषणा गर्नुपर्ने प्रावधानप्रति एमाओवादी एवम् मधेसी मोर्चाको तीव्र असहमति रहेकाले सरकारले विधेयक अघि बढाउन नसकेको अवस्था छ, जसले गर्दा निर्वाचनको मिति तोक्ने कामसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट