फिल्म ‘मालतीको भट्टी’को गीत प्रिमियर

२३ चैत्र २०६८, बिहीबार ०२:४७ मा प्रकाशित

काठमाडौं, चैत्र २२। देशब्यापी रुपमा जेठ १२ गते देखि रिलिज हुन लागेको फिल्म ‘मालतीको भट्टी’ को गीतलाई प्रिमियर गरिएको छ । कालीप्रसाद बाँस्कोटाको डेब्यू संगीत रहेको सो गीतमा सनुप पौडेल र सुमन गुरूङको स्वर रहेको छ ।

फिल्म भित्र सति सावित्रीको भुमिकामा प्रस्तुत भएकी नन्दिता के सी लाई यस गीतमा ग्ल्यामर रूपमा प्रस्तुत गरिएको छ र उनलाई जीवन लुईटेलले साथ दिएका छन् । यि दुईलाई नचाउने काम रेनशा राईले गरेकी हुन् । गोपाल रसाईलीको संगीत संयोजन रहेको सो गीतलाई तेज प्रसाद पाण्डेले लेखेका हुन् ।

काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘मालतीको भट्टी’ लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । भारतमा फिल्म निर्देशन सम्बन्धी अध्ययन गरेर आएका गणेशले यसै फिल्मबाट निर्देशकको ट्याग पाएका हुन् । भट्टी वालीको भुमिकामा रेखा थापाको समेत अभिनय रहेको सो फिल्मलाई प्रदिप कुमार उदय, नारायण कुमार पाण्डे ‘काबिल’, गंगा पौडेल र गोपाल पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्मलाई संजय लामाले खिचेका हुन् । (फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले