एमाओवादीका कराँते खेलाडीको हत्या

२६ बैशाख २०७०, बिहीबार २३:०५ मा प्रकाशित

रासस, कलैया, २६ वैशाख । एमाओवादीका कार्यकर्ता एवम् कराते खेलाडी ३५ वर्षीय राजेन्द्र मण्डलको गएराति घरेलु हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । कलैया–२ लगडा गाउँ बस्ने मृतक मण्डल गाउँकै गोपी महतोको घर बहुमोजमा भोज खाएर मोबाइल फोनमा कुरा गरिरहेको अवस्थामा राति ९ः१५ बजे सोही गाउँ बस्ने प्रमोद मण्डलको समूहले पछाडिबाट टाउकामा घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाइदिएको थियो । उनको उपचारका क्रममा राति १२ बजे वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
हतियार प्रहारपछि भागेका प्रमोद, दिप मण्डल, जयनारायण मण्डलको प्रहरीले खोजी गरिरहेको छ । प्रमोदका ४० वर्षीया आमा शारदादेवी, १६ वर्षीय बहिनी रञ्जुकुमारी र दीप तथा हरि मण्डलका श्रीमतीहरु समेत गरी पाँच जनालाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीबाट थाहाभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको