घुस असुलीमा कुरा नमिल्दा सशस्त्र हवल्दारद्वारा नेपाल प्रहरीका जवान कुटिए

२६ बैशाख २०७०, बिहीबार २२:३१ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । दाङ तुलसीपुरमा नेपाल प्रहरीका जवानहरुले सशस्त्रका दुई हवल्दारलाई कुटपिट गरी घाइते बनाएको २४ घण्टा बित्न नपाउँदैरौतहटमा सशस्त्र प्रहरीका सहायक हवल्दारबाट नेपाल प्रहरीका जवानहरु कुटिएका छन् । घुस असुलीको बिषयलाई लिएर रौतहटको गौर भन्सार नाकामा बिहिबार दिउँसो नेपाल प्रहरीका राममंगल सिंह र सन्त राउत कुर्मी कुटिएको बुझिएको छ । सामान तस्करी गर्न लागेका एक भारतीयलाई रोक्न खोज्दा सशस्त्रका सहायक हवल्दार कृष्ण थापाले उनीहरुलाई त्यसो नगर्न भन्दै गाली र कुटपिट गरेका हुन् ।
बताइउअनुसार भारतको सीमावर्ती बैरगनियाका रामप्रवेश ठाकुरले गौरका व्यापारी रामअयोध्या साहको पसलबाट १ सय ४० मिटर पाइप प्रति मिटर १ सय १४ रुपैयाँका दरले खरिद गरेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार थापाले तीन सय रुपैयाँ लिएर भन्सार राजश्व नै नतिरी भारत लैजान छुट दिएका थिए। भन्सार नाकामै सादा पोशाकमा रहेका नेपाल प्रहरीका जवान कुर्मी र पोशाकमा रहेका सिंहले पाइप लैजाँदै गरेका ठाकुरलाई नियन्त्रणमा लिएर भन्सार प्रहरी चौकीमा लान थालेपछि सशस्त्र प्रहरीलाई सिंहले रकम बुझाइसकेकोले उन्मुक्ति दिनुपर्ने भन्दै नेपाल प्रहरीका जवानमाथि हातपात गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको