अब कार्की-नियुक्तिको बिरोध गर्नु बेकार : प्रचण्ड

२६ बैशाख २०७०, बिहीबार १७:०७ मा प्रकाशित

काठमाडौ, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका लागि धेरै नाममा असहमति भएपछि लोकमान कार्कीको नाममा सहमति जुटेको एमाओवादी अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । एक सातासम्म चार दलले छलफल गरेपछि कार्कीको नाममा सहमति बनेको बताउँदै उनले खब कार्कीको बिरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गरे ।
राजधानीको वल्र्ड ट्रेड सेन्टरमा आयोजित राजनीतिमा महिला सहभागिता बिषयक कार्यक्रममा बोल्दै कार्कीको नियुक्ति सिफारिस चारै राजनीतिक शक्तिका चार नेताको सहमतिमा भएकाले एउटा पार्टीलाई मात्रै आरोप लगाउन नमिल्ने प्रचण्डको भनाई थियो । राष्ट्रपतिको आलोचना भएकोप्रति प्रस्ट्याउँदै उनले कार्कीको नाम राष्ट्रपतिले स्वीकृत नगरेको भए झन् खतरा निम्तिने थियो भन्दै राष्ट्रपतिलाई पनि दोष दिने ठाउँ नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड