आमाको श्राद्ध गर्न गएका तीनजना सप्तकोशीमा बगे

२६ बैशाख २०७०, बिहीबार १६:२० मा प्रकाशित

काठमाडौं, २६ वैशाख । आमाको श्राद्ध गर्न सुनसरीको बहराक्षेत्र मन्दिरमा पुगेका झापाका एकै परिवारका तीनजना सप्तकोशी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । झापा शान्तिनगरका ४० वर्षीय रमेश बास्कोटा, ३५ वर्षीय गोपाल बास्कोटा र काकडभिट्टाका ५५ वर्षीय ज्ञाननाथ बास्कोटा नदीमा बगेका हुन् । रमेश र गोपाल दाजुभाइ हुन् भने ज्ञाननाथ उनीहरुका ठुलाबुबा थिए । मन्दिरमा पूजा सकेर पिण्ड सेलाएपछि बात्ति दिएर सेलाउने क्रममा शुरुमा ज्ञाननाथ नदीमा खसेका थिए। उनी कोशीमा खसेपछि बचाउन गएका रमेश पनि ज्ञाननाथसँगै बगे। त्यसपछि बडा बा र दाजुलाई बचाउन नदीमा पसेका गोपाल पनि उनीहरुसँगै वेपत्ता भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च