दुई वर्षसम्म दिनमा बाह्र पटक बलात्कार, नमान्दा चरम यातना

२६ बैशाख २०७०, बिहीबार १४:५९ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा तेह्रथुम, म्याङलुङ ९ का ४५ वर्षीय भीमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साता दिनअघि रातको समयमा स्थानीय एक महिलालाई जबर्जस्ती करणी गरी उनी फरार भएको प्रहरीको भनाई छ । तेह्रथुमकै पिप्लेको जंगलमा लुकेर बसेको अवस्थामा उनलाई प्रक्राउ गरिएको हो । पक्राउ परेका नेपाली यसअघि पनि सोही मुद्दामा जेल परी ४ वर्ष सजाय भुक्तान गरी छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
यसैबीच राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्‍याएकी कञ्चनपुरकी एक युवतीमाथि घरमै बन्धक बनाएर दुई वर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषण गरेको दर्दनाक घटना सार्वजनिक भएको छ । राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश फर्किएकी परासन ७, धनसिंहाकी ती १८ वर्षीया युवतीले घरेलु कामदारका रूपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्‍याइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएकी छिन् । पीडित युवतीका अनुसार दिउँसो घरमालिकले कोठामा थुनेर बाहिरबाट ताल्चा लगाउँथे अनि राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती गर्थे । यतिबेला पीडित युवती मानसिक रुपले विछिप्त अवस्थामा छिन् । पीडिताको बयानअनुसार दैनिक लगभग एक दर्जन जति व्यक्तिले उनलाई बलात्कार गर्थे भने इन्कार गरेमा भित्तामा टाउको ठोकेर तथा चुरोटले शरीर पोलेर यातना दिन्थे ।
०६७ कात्तिक २६ गते रझेना ७ की देवी सुनार ती युवतीको परासन ७ स्थित घरमा पुगेका थिए । उनले राम्रो जागिर लगाउने प्रलोभनमा उनलाई आफूसँगै ल्याएका थिए । पीडितका अनुसार आएको १५र२० दिनपछि उनले ुयताको भन्दा राम्रो जागिर मुम्बईमा पाइन्छु भन्दै त्यहाँ पुर्‍याएका थिए । मुम्बई पुगेपछि सुनारले ती युवतीलाई खाँद्वयको जिम्मा लगाएका थिए । उनीहरूले नै नक्कली कागजात बनाएर साउदी पुर्‍याएको युवतीले बताएकी छन् । उनलाई पुर्‍याउन ती दुवै सँगै गएका थिए । ुयस्तो ठाउँमा नबस्ने बताएपछि खाँद्वयले ुतिमीलाई सुनारले बिक्री गरिसकेको छ । त्यसैले खुरुक्क भनेको मानु भनेर धम्क्याएको ती युवतीको बयानमा उल्लेख छ । अरबी मालिक र उसका घरका सदस्य रमाइलोमा भुलिरहेको मौका छोपेर पीडित युवती घर बाहिर निस्केर बहिनीलाई फोन गर्न सफल भएकी थिइन् । त्यसपछि दूतावास, वैदेशिक रोजगार बोर्ड र त्यहाँस्थित नेपालीले उनले पासविक यातना पाएको घर, ठेगाना पत्ता लगाएर उद्धार गरेका हुन् ।
आफूलाई ललाइफकाई अवैध तरिकाले विदेश लग्ने बाँकेका तीन जनाविरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले जिल्ला अदालतमा ुमानव बेचबिखन तथा ओसारपसारु मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपितमध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान