नारायणकाजीलाई किन चीन पठाउँदै छन् प्रचण्ड

२६ बैशाख २०७०, बिहीबार ०९:४४ मा प्रकाशित

काठमाडौं, २६ वैशाख । आफ्नो भारत भ्रमणपछि चीनिया पक्षमा विभिन्न भ्रम र आशङ्का उत्पन्न भएको ठानेका एमाओवादी अध्यक्ष प्रचण्डले उक्त आशंका हटाउने उद्देश्यले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा पठाउन लागेका बुझिएको छ । भारतीय अधिकारीहरूको अनौपचारिक सहमति लिएर चीन भ्रमणमा गएका प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ‘वान टु वान’ गुप्त वार्ता गरेका थिए । तर उनले सोको जानकारी सार्वजनिक रूपमा अहिलेसम्म नगराए पनि भारत भ्रमणका क्रममा भने चीनसँग भएका कतिपय कुरा भारतीय अधिकारीसँग ‘सेयर’ गरेको बताइन्छ ।
भारत भ्रमणबाट चिनियाँ पक्षमा उत्पन्न आशङ्का हटाउन प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चाइना पठाउन लागेको एमाओवादी श्रोतले जनायो । प्राप्त जानकारीअनुसार प्रचण्डको सन्देश लिएर श्रेष्ठ आगामी जेठ ९ गते चाइना जाँदै छन् । नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको संयुक्त तत्वावधानमा श्रेष्ठको चीन भ्रमण हुन लागेको बताइन्छ । भ्रमणबारे जिज्ञाशा राख्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘मेरो चीन भ्रमण कुनै विशेष कारणवश हुन लागेको होइन, सामान्य हो । मलाई चीन भ्रमण गर्न पहिलेदेखि नै आग्रह भइरहेको थियो, भ्रमणको मौका मात्र अहिले परेको हो । मेरो भ्रमणले नेपाल–चीन सम्बन्ध र दुई मुलुकका कम्युनिस्ट पार्टीहरूको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास मैले लिएको छु’ भनेर टार्न खोजे । श्रेष्ठले आफ्नो भ्रमणको नकारात्मक अर्थ लगाउनुपर्ने कुनै कारण र अवस्था नरहेको पनि बताए ।
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भारत र चीन दुवै मुलुकसँगको सम्बन्ध सन्तुलित र परस्पर हितोन्मुख हुनुपर्छ भन्ने पक्षमा रहेका भए पनि प्रचण्डले भने श्रेष्ठलाई चीनसँग समीप राखी ‘काम लिने’ प्रयास गरेको स्रोतको कथन छ । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई भारतको निकटतम् व्यक्ति भनी प्रचार गर्ने प्रचण्डले श्रेष्ठलाई चाहिँ चीनपक्षीय व्यक्तिका रूपका स्थापित गर्ने प्रयत्न गर्दै आएका छन् । चीन भ्रमण मिलाउनमा समेत उपाध्यक्ष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेकाले भारत भ्रमणपछिको सन्देश पनि प्रचण्डले श्रेष्ठमार्फत नै पठाउन खोजेको बताइन्छ । निकटवर्तीहरूले जनाएअनुसार चीनसँको सम्बन्ध मजबुत नभएसम्म भारतले नटेर्ने बुझाइ प्रचण्डको रहेको छ । त्यसैले ‘भारतसँग मुखको र चीनसँग मनको’ सम्बन्ध बनाउने योजनाबद्ध प्रयास प्रचण्डबाट भइरहेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चीन भ्रमण पनि प्रचण्डको सोही रणनीतिक योजनामुताबिक हुन लागेको विश्लेषकहरूको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर