साउदीको कानूनी जटिलताका कारण आठ महिनादेखि अस्पतालमै अड्कियो शव

२६ बैशाख २०७०, बिहीबार ०९:०१ मा प्रकाशित

विष्णु सुब्बा, दमक (झापा), २६ वैशाख । करिब आठ महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, मेचीनगरका एक युवाको शव ल्याउन समस्या भएको छ । शव ल्याउन रोजगार विभाग, दूतावासलगायतका निकायले चासो नदिँदा मेचीनगर– ११ का प्रदीप बास्कोटाको शव आठ महिनादेखि साउदीको अस्पतालमा अड्किएको हो । यतिका समयदेखि शव ल्याउन नसकिएपछि पीडित परिवार थप पीडित बनेको छ ।
‘छोरोको शव ल्याउन पहल ग¥यौँ, तर माथिल्लो निकायले आलटाल गरिआएको छ,’ आँखाभरि आँसु झार्दै मृतककी आमा मायाले भनिन्, ‘शव नेपालमै ल्याऊँ भन्दाभन्दै यतिका समय बित्यो ।’
दमकमा शाखा सञ्चालन गरिआएको एसओएस ओभरसिजबाट दुई वर्षअघि उनी नारिस साउदी अरब कम्पनीमा रोजगारीका लागि गएका र गत असोज २३ गते करेन्ट लागेर उनको ज्यान गएको थियो । ओभरसिजबाट सो कम्पनीको स्काफोल्डिङ ट्रेडमा गएका बास्कोटाले सम्झौताअनुसार काम नपाएपछि घटना हुनुअघिमात्र गैरकानुनी रूपले काम गरिआएका थिए । ‘कम्पनीले भनेबमोजिम पारिश्रमिक नदिएको गुनासो दाजुले गर्थे,’ मृतकका भाइ प्रकाशले भने, ‘कम्पनीको दुःखका कुरा सुनाउँदै गरेको अवस्थामा दाजुको अकस्मात् ज्यान गयो ।’ मृतकले सो कम्पनीबाट मासिक १५ सय पाउने भनी सम्झौता गरिए पनि भनेबमोजिम सेवा–सुविधा नभएको गुनासो मृतकको परिवारको छ । कम्पनीले सुविधा नदिएपछि उनी सो कम्पनी त्यागेर लुकिछिपी ‘इलिगल’मा काम गरिआएको पीडित परिवार स्वीकार्छन् । भन्छन्, ‘कम्पनीका सुविधाबारे दमकको एसओएस ओभरसिजमा भने पनि कुनै पहल गरेनन् । प्रकाशले भने, ‘हामीले ओभरसिजलाई भने पनि वास्ता गरेनन् ।’ उनले दाजुको शव ल्याउन तथा घटनाबारे पहल गरिदिन ओभरसिजलाई भने पनि कुनै सुनुवाइ नगरेको गुनासो राखे । ‘हामीले ओभरसिज थ्रोबाट पहल गर्दा शव ल्याउन सजिलो हुन्छ भनेर पहल गरे पनि मृतकले ‘इलिगल’ काम गरेको भन्दै पन्छिदै आएको छ,’ प्रकाशको भनाइ थियो । साउदीको अलहासा किङफाद अस्पतालमा रहेको मृतकको शव ल्याउन श्रम विभागबाट आवश्यक पहल भए पनि यतिका दिनसम्म नआउँदा परिवारमा पीडा सुल्झन सकेको छैन ।
एसओएस पूर्वाञ्चल शाखा कार्यालय दमकका प्रमुख लीलाराज वान्तवा भने मृतक आफ्नो ओभरसिजबाट गए नगएको अहिलेसम्म पत्तो नभएको बताए । ‘मृतकको रेकर्ड देखिँदैन, परिवारले सोबारे कार्यालयमा आएका छैनन् ।’ वान्तवा भन्छन्, ‘हाम्रो ओभरसिजबाट गए पनि गैरकानुनी रूपले काम गरे त्यसको जिम्मेवारी आफूहरूको हुँदैन ।’ मानवीय रूपमा त्यस्ता घटनाप्रति आफूले पहल गरिआएको बताउँदै उनले भने, ‘यत्तिका लामो समयसम्म शव उतै रहनु त्यहाँको कानुनको जटिलताको कारण हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली