भारतमा जन्मेकै दिन मर्ने शिशुसंख्या विश्वकै २९ प्रतिशत

२६ बैशाख २०७०, बिहीबार ०७:२५ मा प्रकाशित

एजेन्सी । भारतमा वर्षेनी तीन लाख नवजात शिशु जन्मिनासाथ मर्ने गरेका सेभ द चिल्ड्रेनको एउटा सर्वेक्षणले देखाएको छ। भारतमा शिशु मृत्यु दरमा कमी ल्याउन राजनीतिक ईच्छाशक्तिको अभाव देखिएकोले बाल मृत्यु दरजस्तो संवेदनशील विषयका कार्यक्रम प्रभावकारी बनाउन नसकेको सर्वेक्षणमा उल्लेख छ। विश्वमा नै जन्मेकै दिन मृत्यु हुने नवजात शिशुमध्ये २९ प्रतिशत शिशु भारतका रहेको समेत सर्वेक्षणले देखाएको छ। 
सेभ द चिल्ड्रेनले भारतमा गरेको अध्ययनमा नवजात शिशुसम्बन्धि भयावह अवस्था देखिएको हो। अध्ययन प्रतिवेदनमा विश्वका एक सय ८६ देशका बालबालिकाको अवस्था र मृत्युका कारणबारे अध्ययन गरिएको छ। प्रतिवदेनमा विश्वमा अन्य देशको तुलनामा भारतमा धेरै संख्यामा शिशु मर्ने गरेको उल्लेख छ। विश्वमा सबैभन्दा बढी नवजात शिशुको मृत्यु हुने देशमा दक्षिण एसियाली क्षेत्र अघि रहेको छ। विश्वको पूरै जनसंख्याको २४ प्रतिशत जनसंख्या दक्षिण एसियाली क्षेत्रमा बसोबास गर्छ। भारतमा संक्रमणका कारण नवजात शिशुको मृत्यु हुने गरेको पाइयो। ती शिशुमा जन्मनासाथै कुनै न कुनै संक्रमण देखिने गर्छ। त्यसैगरी दक्षिण एसियामा धेरै जनसंख्या भएका देश पाकिस्तान र बंगलादेशमा समेत शिशु र बाल मृत्युदर उच्च रहेको समेत सेभ द चिल्ड्रेनको प्रतिवदेनले देखाएको छ।
शिशु मृत्युदर घटाउन नसक्नुमा राजनीतिक इच्छाशक्ति र आवश्यक साधनस्रोतमा लगानी नगर्नु नै मुख्य कारण भएको सर्वेक्षणमा उल्लेख छ।
नवजात शिशुको मृत्युदरमा कमी नआउने मुख्य कारण भने अधिकांश गर्भवतीको हेरचाह नपुग्नु, पौष्टिक खानाको व्यवस्था नहुनु, शिशु जन्मनासाथ संक्रमण हुनु देखिएको छ। यस अतिरिक्त आमामा देखापर्ने प्रसुतीजन्य जटिलताका कारण समेत शिशुको ज्यान जाने गरेको सर्वेक्षणमा उल्लेख छ।
भारतका गर्भवतीमध्ये आधाभन्दा बढीले दक्ष जनशक्ति र अस्पतालको अभावमा नै शिशु जन्म दिने कारणबाट समेत त्यहाँ शिशु मृत्युदर चुनौतीपूर्ण समस्याका रुपमा रहेको पाइयो। अस्पतालनजिकै भए पनि कतिपय गर्भवती जनचेतनाको अभावमा घरैमा सुत्केरी हुने गरेका छन्। सुत्केरी हुने वातावरण सफा र स्वस्थ नभए शिशुलाई तत्कालै संक्रमण हुने गर्छ। भारतमा चिकित्सकको संख्या कम छ। त्यसमाथि पनि अधिकांश चिकित्सक शहरी क्षेत्रमा बस्ने भएकाले उनीहरूमाथि बिरामीको चाप धेरै हुन्छ। व्यस्तताका कारण उनीहरु गर्भवतीसँग गर्भ र स्वास्थ्यबारे कुराकानी गर्न समेत भ्याउँदैनन् भन्दै प्रतिवेदनमा भारतमा बाल तथा शिशु मृत्युदर घटाउन स्वास्थ्यकर्मीको संख्या बढाउनुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष